पहिरोले पुरिएर ओखलढुंगामा एकै परिवारका चार जनाको ज्यान गयो



ओखलढुंगामा पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । बुधबार राति माथिबाट झरेको पहिरोले घर पुरिँदा मोलुङ गाउँपालिका–८ राँगादीपमा एकै घरका चारजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा घरमुली ५० वर्षीय पूर्णबहादुर राई र उनकी श्रीमती ४० वर्षीया धनकुमारी राई, छोरा ३ वर्षीय बालक आशिष राई र पूर्णबहादुरकी दिदी ५५ वर्षीया मित्रमाया राई रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । ईलाका प्रहरी चौकीबाट २ घण्टाको दुरीमा पर्ने घटनास्थलमा पुगेर प्रहरीले थप प्रक्रिया अघि बढाइरहेको शर्माले बताए ।

पहिरोले पुरिएको शव प्रहरी र स्थानीयले बाहिर निकालेका छन् । मुचुल्का उठाएपछि शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतला रुम्जाटार पठाइने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७५, बिहिबार  ७ : १२ बजे