मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी प्रधानमन्त्री भय पछी चौथो पटक नेपालमा



काठमाडौं भदौ, १४–
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन काठमाडौ आईपुगेका छन् ।

बिहिबार बिहान साढे ८ बजे मोदी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उत्रिएका हुन् ।

उनलाई विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे ।

मोदीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो ।

प्रधानमन्त्री मोदीलाई शिष्टाचार महापाल दीपक अधिकारी, नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरी नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रमुख भरतकुमार रेग्मीले स्वागत गरेका थिए ।

प्रधानमन्त्री भय पछी मोदोको यो चौथो नेपाल भ्रमण हो। केपी ओलि नेपालको प्रधानमन्त्री भय पछी भारतका प्रधानमन्त्री मोदी यो सहित दुइ पटक नेपाल आइ सकेका छन ।

प्रकाशित मिति : १४ भाद्र २०७५, बिहिबार  ७ : ३८ बजे