मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजसंस्था र हिन्दू राष्ट्रको मुद्दा लाई सहमतिका आधारमा टुङ्ग्याउन कमल थापाको जोड



विराटनगर

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थालाई सहमतिका आधारमा टुङ्ग्याउन जोड दिएका छन् । विराटनगरमा बिहिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष थापाले सनातन हिन्दू राष्ट्र, लोकतन्त्रसहितको राजसंस्थालगायतका विषय सहमतिका आधारमा टुङ्ग्याउनुपर्नेमा जोड दिएका हुन् ।

थापाले वर्तमान सरकारको विरोध गर्नुको अहिले कुनै औचित्य नभएको बताए। उनले सरकार गठन भएको ६ महिना मात्र भएकाले अहिले नै मूल्याङ्कनको बेला नभएको स्पष्ट पारे।

अध्यक्ष थापाले यातायात क्षेत्रको एकाधिकार(सिण्डिकेट) हटाउने र काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्ने कार्य रोकेकामा सरकारप्रति गुनासो व्यक्त गरे।

उनले मुलुकको समस्या समाधानका लागि सबै राजनीतिक दलको सहमति लिएर सहकार्य गर्नु उपयुक्त हुने विचार व्यक्त गरे।

प्रकाशित मिति : १४ भाद्र २०७५, बिहिबार  ९ : १९ बजे