मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सम्मेलन समापन हुनुभन्दा अगावै किन फर्किदै छिन ? बंगलादेशकी प्रधानमन्त्री शेख हसिना



काठमाडौं :

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन सम्मेलनको कार्यक्रमको समयतालिका अनुसार भोलि (शुक्रबार) पौने २ बजे सम्मेलनको समापन गरिनेछ। तर बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भने सम्मेलन समापन हुनुभन्दा पौने तीन घण्टा अगावै स्वदेश फिर्नेछिन्। उनी शुक्रबार बिहान ११ बजे स्वदेश फर्किने परराष्ट्र मन्त्रालयको कार्यक्रमको समयतालिकामा उल्लेख छ।

सम्मेलन बिहीबार दिउसो साढे ३ बजे उद्घाटन हुँदैछ। अध्यक्षको हैसियतमा शिखर सम्मेलन आयोजक नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलन उद्‍घाटन गर्नेछन्।

बंगलादेशमा यो वर्ष आम निर्वाचन हुँदैछ। र, निर्वाचनको मिति तोक्न ढिलाइ भइरहँदा त्यहाँ सरकार विरोधी प्रदर्शनहरू चर्किएका छन्। एकजना
फोटो पत्रकार पक्राउको विरोधमा केही सातादेखि त्यहाँ विद्यार्थीहरूले सरकार विरुद्ध आन्दोलन चर्काएका छन्। अर्कोतर्फ प्रतिपक्षी दल बंगलादेशी नेस्नालिस्ट पार्टीकी अध्यक्ष खालिदा जियालाई पक्राउ गरि हिरासतमा राखिएको विरोधमा पनि त्यहाँ आन्दोलन चर्किरहेको छ। प्रेस स्वतन्त्रता हनन गरेको र नागरिक अधिकार कटौती गरेको भन्दै प्रधानमन्त्री हसिनाको आलोचना भइरहेको छ। यि सबै घटना हरुले बाङ्लादेशमा आउन लागेको निर्बाचनलाई प्रभाबित गर्ने भएकोले यि सबै समस्या को छिटै समाधान खोज्न कार्यक्रम समापन नहुँदै प्रधानमन्त्री शेख हसिना बंगलादेश फर्किन लागेकी हुन ।

प्रधानमन्त्री हसिनाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग बिम्स्टेक शिखर सम्मेलनकै क्रममा साइडलाइन वार्ता गर्नेछिन् जसलाई बंगलादेशमा हुने निर्वाचनसँग जोडेर पनि हेरिएको छ।

प्रकाशित मिति : १४ भाद्र २०७५, बिहिबार  १० : ०१ बजे