मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजधानीमा नेपाली तथा भारतीय व्यवसायीबीच छलफल, निरन्तर छलफल हुनुपर्नेमा व्यवसायीको जोड



राजधानीमा नेपाली तथा भारतीय व्यवसायीबीच छलफल, निरन्तर छलफल हुनुपर्नेमा व्यवसायीको जोड

काठमाडौं भदौ, ७–
नेपालको आयात निर्यात व्यावारसँग सम्बन्धित समस्याको पहिचान गर्दै समधानका उपायहरु खोज्ने उद्देश्यले राजधानीमा एक कार्यक्रम सम्पन्न भएको छ । दरबारमार्गस्थित होटल अन्नपूर्णमा हिमालय टर्मिनल्स प्र.लिको आयोजनामा सम्पन्न ट्रेडमिट कार्यक्रममा नेपाल र भारतका उद्दमी व्यवसायीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा कन्टेनर कर्पोरेसन अफ इन्डियाका प्रमुख भि. कल्याना रामा, पूर्व वाणिज्य सचिव एवम् नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडका अध्यक्ष पुर्षोत्तम ओझा, नेपाल फ्रेट फरवाडर्स एसोसियसनका अध्यक्ष प्रकाश सिं कार्की, महासचिव सुन्दर प्रसाद दाहाल, कोषाध्यक्ष नरेश अग्रवाल लगात उद्योगी व्यवसायीहरुले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै पूर्व उद्योग वाणिज्य तथा आपूर्ति सचिव पुर्षोत्तम ओझाले वीरगञ्ज सुख्खा बन्दरगाहको क्षमता बढाउनुका साथै सञ्चालन पद्धतीमा सुधार गर्दै जानुपर्ने धारणाा राखे । त्यस्तै, नेपाल फ्रेट फरवाडर्स एसोसियसनका अध्यक्ष प्रकाश सिं कार्कीले नेपाली मालबाहक कन्टेनरहरुले कलकत्ता बन्दरगाहमा भोग्नुपरेका विभिन्न समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए । त्यसै गरी एशोसियनका कोषाध्यक्ष नरेश अग्रवालले नेपाल भारत दुबै पक्ष सम्मिलित समिति बनाएर निरन्तर अनुगमन गर्नुपर्ने बताए । नेपाल फ्रेट फरवाडर्सका महासचिव सुन्दर प्रसाद दाहालले एसोसियसनका अध्यक्ष प्रकाश कार्कीसहितको टोलीले औपचारिक कार्यक्रम सुरु हुनुअघि अनौपचारिक बैठकमा भारतीय पक्षसँग छलफल गरी नेपाली व्यवसायीहरुले भोग्नुपरेका समस्यकाबारेमा छलफल गरिएको र समिाधानका लागि भारतीय पक्ष सकारात्मक देखिएको जनाए

प्रकाशित मिति : ८ भाद्र २०७५, शुक्रबार  ८ : ४३ बजे