मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कंचनपुर घटनामा अपराधी उम्काउने षडयन्त्र भएको एमाले नेता भिम रावल को आरोप



काठमाडौं भदौ, ८–
नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का नेता भीम रावलले कञ्चनपुर घटनाप्रति विवादास्पद अभिव्यक्ति दिएका छन् । उनले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्याको घटनालाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले राजनीतीकरण गरेको आरोप लगाएका हुन् । नेता रावलले हत्या र अपराधका नाममा नेपाली काँग्रेसका केहि मानिसले अनावश्यक उक्साएको दावी समेत गरेका छन् ।

केहि व्यक्तिहरुले आफ्नो राजनैतिक स्वार्थ पूर्ति गर्न, जनतामा गलत सुचना प्रवाह गर्ने र अपराधिलाई उम्काउने, उद्देश्यबाट राम्ररी अनुसन्धान गर्न नदिने काम गरिरहेको भन्दै त्यसप्रति जनसमुदायलाई सचेत रहन समेत नेता रावलले आग्रह गरेका छन् ।

रावलले भने, ‘अपराधी कुनै पनि हालतमा छुट्नुहुँदैन । तर अपराधका नाममा केही व्यक्तिहरुले राजनीतिक स्वार्थपूर्तिका लागि अपराधी उम्काउने षडयन्त्र गरेका छन् ।’

उनले कञ्चनपुरमा आफ्ना पार्टीका स्थानिय जनप्रतिनिधी, सांसदहरु अपराधिलाई कुनै पनि हालतमा छुट दिन हुन्न भन्ने पक्षमा कडा भएर उभिएको दावी गरे । तर, रावलको अभिव्यक्तिलाई लिएर कञ्चनपुरका जनता आक्रोशित भएका छन्

प्रकाशित मिति : ८ भाद्र २०७५, शुक्रबार  ८ : ५६ बजे