अपराध ले पोल्यो, जेलभित्रै गोरेले गरे आत्महत्याको प्रयास



काठमाडौं, भदौ १२ । साढे ३३ किलो सुनकाण्ड तथा सनम शाक्यको हत्याका प्रमुख अभियुक्त अभियुक्त चूडामणि उप्रेती (गोरे) ले आत्महत्याको प्रयास गरेका छन् । केन्द्रीय कारागार सुन्धारामा कैद सजाय भोगिरहेका गोरेले आफैले लगाएको सर्टले घाटीमा पासो लगाएर जेलभित्रै आत्महत्या प्रयास गरेका हुन् ।

सुनकाण्ड र शाक्य हत्याकाण्ड पछि समातिएपछि गोरे लामो समयदेखि मानसिक समस्यामा थिए । एकोहोरो हुने, तनाबमा आउदा टाउको भित्तामा ठोक्ने क्रियाकलाप गर्दै आइरहेका गोरेले गत साता आफैले लगाएको सर्ट च्यातेर केन्द्रीय कारागार सुन्धारा स्थित गोलघर भित्र आत्महत्याको प्रयास गरेको बताइएको छ ।

मोरङ जिल्ला अदालतले सनम हत्या र सुनकाण्डको सुनुवाइ पछि पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि गोरेलाइ गत जेठ २८ मा सुनसरीको झुम्का कारगारबाट काठमाडौं ल्याइएको थियो। सम्पत्ति अनुसन्धानको लागि सम्पति सुद्धिकरण विभागले काठमाडौं झिकाएको थियो। ०७४ माघ ७ मा त्रिभुवन विमानस्थलबाट ३३ किलो सुन काठमाडौं भित्र्याएर पनि गायब भए पछि शनम शाक्यको हत्या भएको थियो।

प्रकाशित मिति : १२ भाद्र २०७५, मंगलबार  १० : ५३ बजे