मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रीलङ्काली राष्ट्रपति मैथिपाला काठ्मान्डौमा, रक्षामन्त्री पोखरेलद्वारा विमानस्थलमा स्वागत



काठमाडौं भदौ, १३–
श्रीलङ्काली राष्ट्रपति मैथिपाला सिरिसेना चौथो बिमस्टेक सम्मेलनमा सहभागी हुन काठमाडौं आइपुगेका छन् ।

उनी बुधबार अपरान्ह विशेष विमानमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलतमा अवतरण भएका हुन् ।

उनलाई स्वागत गर्न रक्षामन्त्री इश्वर पोखरेल विमानस्थल पुगेका थिए ।

यसअघि सम्मेलनमा सहभागी हुन म्यान्मारका राष्ट्रपति र भुटानका अन्तरिम सरकारका सल्लाहकार काठमाडौं आइसकेका छन् भने भारत, थाइल्याण्ड र बंङ्गलादेशका सरकार प्रमुख बिहिबार नेपाल आइपुग्ने छन् ।
विमस्टेक सम्मेलन बिहिबार र शुक्रबार काठमाडौंमा हुँदैछ ।

प्रकाशित मिति : १३ भाद्र २०७५, बुधबार  १२ : १९ बजे