मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१२ घण्टापछि बल्ल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु



आईतवार १७ भाद्र २०७५,
काठमाडौं ।

झण्डै १२ घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । शनिबार राति करिब पौने ९ बजे यती एयरलाइन्सको विमान दुर्घटना भए लगत्तै बन्द भएको विमानस्थल आज बिहान करिब साढे ८ बजेबाट सञ्चालनमा आएको हो
विमान दुर्घटना भएपछि विमानस्थलबाट गए रातिदेखि नै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ठप्प भएको थियो ।

नागरिक उड्डयन प्राधिकरण, विमानस्थलका कर्मचारी, सुरक्षाकर्मीको संयुक्त टोलीले विमानलाई तानेर धावनमार्गबाट पार्किङवेमा पुर्‍याएको विमानस्थल स्रोतले जनाएको छ । त्यसलगत्तै धावनमार्गमा सरसफाइ गरेर विमानस्थल सञ्चालनमा ल्याइएको हो ।
नेपालगञ्जबाट २१ यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको नाइन एन एएचडब्लुको जेट धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेर धस्सिएको थियो । विमानमा रहेका सबै यात्रु सकुशल रहेका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७५, आइतबार  ७ : ४७ बजे