मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डाक्टर हरु को आन्दोलन सग सरकार सजग हुँदै



सोमबार १८ भदौ,२०७५
काठ्मान्डौ —

मुलुकी फौजदारी (संहिता) ऐनमा भएका उपचारसम्बन्धी व्यवस्था संशोधनको माग गर्दै मुलुकभरका चिकित्सकहरु अाइतबारदेखि आन्दोलित छन्।चिकित्सकहरुले अाइतबार दिउँसोनै मेडिकल काउन्सिल पुगेर लाइसेन्सका नक्कल बुझाए भने हिजै भदौ चौबिस गते सम्मका लागि आन्दोलनक कार्यक्रम सार्वजनिक गरी सकेक छन । तेसै गरी हिजै बाट मुलुकी अपराध संहिताको विरोधमा चिकित्सकहरुले देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पार्दा धेरैले सास्ती व्यहोरेका छन् । सरकारी अस्पताल पुगेका विरामी चिकित्सकको आन्दोलनका कारण उपचार बिनै घर फर्किन बाध्य भए । तर चिकित्सकहरुले भने संहिता संशोधनको माग सम्वोधन नभए अनिश्चितकालीन आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

मुलुकी अपराध संहितामा चिकित्सकको लापर्बाहीले बिरामीको मृत्यु वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था छ नेपाल चिकित्सक संघले नयाँ कानुनले चिकित्सकहरुमा त्रास पैदा गरेको भन्दै नेपाल चिकित्सक संघको नेतृत्व मा चिकित्सक हरुले वाध्य भएर सेवा ठप्प पारेको बताएको छ । विरोधस्वरुप ६ हजार चिकित्सकको लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाएको स‌ंघले स‌ंहिता स‌ंशोधनको माग तत्काल संबोधन नगरिए उपचार सेवा अनिश्चितकालका लागि ठप्प पार्ने चेतावनी दिएको छ ।

यसै बिच चिकित्सक हरे को आन्दोलन थप बढ्ने र सरकार थप अफ्ठेरोमा पर्ने भय ले आन्दोलन का प्रती सरकार सजग देखिएको छ । आजै मुलुकी फौजदारी (संहिता) ऐनमा संशाेधनकाे माग गर्दै अान्दाेलनमा उत्रिएका चिकित्सकहरुलाई स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादवले बोलाएका छन् ।
सोमबार बिहान ११ बजे भेट्नु छ भनेर चिकित्सक हरुलाई बोलाएको नेपाल चिकित्सक संघले जनायको छ ।

एस्तै पछिल्ला दिन्हरुमा प्रेस तथा अभिब्यक्ती स्वत्रन्तता हनन हुन सक्ने भन्दै पत्रकार,मानब अधिकारकर्मि,नागरिक समाज लगएत ले भदौ १ गतेबाट लगु भएको मुलुकी फौजदारी (संहिता) ऐनको बिरोध गर्दै आइरहेका छन ।

प्रकाशित मिति : १८ भाद्र २०७५, सोमबार  ६ : २२ बजे