मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौँ बाट हराएकी १५ वर्षीय निक्की पराजुली वीरगञ्जमा भेटिइन



१९ भदौ,२०७५
काठमाडौं–

काठमाडौँ बानेश्वरबाट हराएकी निक्की पराजुली भेटिएकी छन् । गत साउन २८ गते नयाँ बानेश्वरस्थित मिलनचोक देवकोटा मार्गबाट हराएकी निक्कली २० दिनपछि भेटिएकी हुन्। उनी प्रहरीद्वारा वीरगञ्जमा फेला परेकी निक्कीले आफु साथीसंग मिलेर विरगञ्ज गएको प्रहरी समक्ष बयान दिएकी छन्।

निक्की यसअघि पनि पटकपटक हराउने गरेको र उनि स्कुलमा जानसमेत नमान्ने गरेको बताइएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी रामदत्त जोशीले निक्कीलाई काठमाडौंसम्म ल्याएर परिवारलाई जिम्मा लगाइएको छ।१५ वर्षीय निक्की पराजुली भ्याली भ्यू बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत बिद्यार्थी हुन्।

प्रकाशित मिति : १९ भाद्र २०७५, मंगलबार  २ : ०२ बजे