मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंको स्वयम्भूमा रोकिराखेको कारभित्र शव भेटियो



काठमाडौं भदौ, २१–
काठमाडौंको स्वयम्भूमा रोकिराखेको कारभित्र एकजना व्यक्तिको शव भेटिएको छ ।

प्रहरीका अनुसार स्वयम्भू स्तुपा जाने बाटोमा पार्किङ्ग गरेर राखेको गाडीमा पुरुषको शव भेटिएको हो । बिहीबार बिहान बा ८ च ७०२१ नम्बरको स्विफ्ट कारभित्र पछाडीको सिटमा घोप्टो पारेर राखिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त शव काठमाडौंको नैकाप बस्ने ३२ वर्षीय श्याम श्रेष्ठ हो ।
श्रेष्ठको मुखबाट फिँज आएकाले हत्याको आशंकामा प्रहरीले गरेको छ । शव पोस्टमार्टमाका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७५, बिहिबार  ९ : २७ बजे