मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुण्डा नाइके सुकबहादुर तामाङ ‘बाघे’काठमाडौंको बालाजुबाट पक्राउ



काठमाडौं भदौ, २१–
चर्चित गुण्डा नाइके सुकबहादुर तामाङ ‘बाघे’ पक्राउ परेका छन् उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार काठमाडौंको बालाजुबाट पक्राउ गरेको हो । ‘बाघे’ ले नयाँबसपार्क, स्वयम्भू र बालाजुलाई आधारक्षेत्र बनाएर गुण्डागर्दी गर्दै आएका थिए । काठमाडौं प्रहरीका अनुसार उनलाई टेण्डी शेर्पा नाम गरेका व्यक्तिसँग पटक पटक पैसा माग्दै धम्की दिएको र पैसा नपाएपछि कुटपिटसमेत गरेको अभियोगमा पक्राउ गरिएको ।

बाघेविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सार्वजनिक शान्ति सुरक्षासम्बन्धी कसुरमा सात दिनको म्याद लिएर प्रहरीले अनुसन्धान शुरु गरेको छ । पछिल्लो समय उनीविरुद्ध कुनै मुद्दा नभए पनि प्रहरीले निगरानी गर्दै आएको थियो ।

विगतमा चर्चित गुण्डा नाइके दिपक मनांगेको समूहमा आबद्ध थिए । उनी २०५९ भदौ १७ मा काठमाडौंको उडल्याण्ड होटेलमा झापाका लोचन विमलीलाई हतियार देखाई सवा लाख बराबरको धनमाल लुटेको अभियोगमा थुनामा परेका थिए ।

प्रकाशित मिति : २१ भाद्र २०७५, बिहिबार  ३ : २६ बजे