मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश सरकारको अधिकार संघीय सरकारले आफ्नो मुठीमा राखेको प्रदेश मुख्यमन्त्रीहरूको आरोप



२२ भदौ, काठमाडौं–
पत्रपत्रिकाबाट

प्रदेश सरकारको अधिकार संघीय सरकारले आफ्नो मुठीमा राखेको मुख्यमन्त्रीहरूले आरोप लगाएका छन् । पोखरामा बिहीबार भएको पहिलो भेलामा सहभागी ६ प्रदेशका सबैजसो मुख्यमन्त्रीले एकै स्वरमा केन्द्र सरकारको खुलेर आलोचना गरेका हुन् ।

खासगरी साझा कानुन र कर्मचारी अभावका कारण प्रदेश सरकारले आफ्नै योजनाअनुसार काम गर्न नपाएको मुख्यमन्त्रीहरूको गुनासो छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

प्रदेश प्रहरी कानुन नबन्दा सुरक्षा परिचालनमा समस्या भएको उनीहरूको भनाइ छ । संविधानमा प्राकृतिक स्रोत तथा वित्त आयोग गठन गर्ने उल्लेख भए पनि संघीय सरकारले वित्त ऐन मात्र बनाएर प्रदेश र स्थानीय तहमा उठ्ने राजस्वको ठूलो हिस्सा आफूले लिएको गुनासो गरे ।

ऐनअनुसार संघलाई ७० तथा प्रदेश र स्थानीय तहलाई १५–१५ प्रतिशत राजस्व भागबन्डा गरेर अन्याय गरेको मुख्यमन्त्रीहरूको दुखेसो छ । केन्द्र सरकारले आवश्यक सहयोग नगरेको, अभिभावकको भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए ।

सामूहिक छलफलमा भावी योजना र रणनीतिबारे छलफल भएको आयोजक गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए । २४ भदौमा प्रधानमन्त्रीको अध्यक्षतामा काठमाडौंमा हुन लागेको अन्तरप्रदेश परिषद्को बैठकको तयारीसँगै राख्ने एजेन्डाबारे पनि भेलामा छलफल भएको छ ।

भेलामा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही भने उपस्थित भएनन् । अस्वस्थताका कारण उपस्थित हुन नसकेको शाहीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले बताए । कालिकोट र हुम्ला पुगेर बुधबार बेलुका काठमाडौं गएका शाही अस्वस्थ भएको सिंहले बताए ।

प्रकाशित मिति : २२ भाद्र २०७५, शुक्रबार  ३ : ४४ बजे