मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंबाट ४ लागू औषध कारबारी पक्राउ



भदौ २४ काठ्मान्डौ

काठमाडौंबाट ४ लागू औषध कारबारी पक्राउ परेका छन् । शुक्रबार नागढुंगा १, चाबहिलबाट २ र शनिबार बल्खुबाट अर्का १ लागू औषध कारबोरीलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक प्रवक्ता रामदत्त जोशीका अनुसार नागढुंगाबाट पक्राउ पर्नेमा बाराका ५० वर्षीय रिठा विष्ट छन् । विष्ट वीरगञ्जबाट २००÷२०० एम्पल नुफिन, फेनारगन र डाईजेल्याब ल्याउँदै गर्दा पक्राउ परेका हुन् ।

विष्टले दिएको सूचनाका आधारमा प्रहरीले चाबहिलबाट महोत्तरी पशुपतिनगरका सन्तोषकुमार सिंह र गुल्मी चन्दुकोटका विशाल कार्कीलाई पक्रेको छ । प्रहरी नायव उपरीक्षक जोशीका अनुसार, विष्टले सिंह र कार्कीको आग्रहमा आफूले लागू औषध ल्याएको वयान दिएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका ४ जनालाई लागू औषध मुद्दा चलाएर प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

यसैबीच, प्रहरीले शनिबार काठमाडौंकै बल्खुबाट अर्का १ लागू औषध कारबारीलाई नियन्त्रणमा लिएको छ । बल्खु इलाकामा लागू औषधको कारोवार भइरहेको विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त, कालिमाटीको विशेष प्रहरी टोलीले वीरगन्ज महानगरपालिका–२८, बगही बस्ने १९ वर्षीय सुवास यादवलाई पक्रेको हो ।

प्रहरीका अनुसार उनको साथबाट डाईजेपाम (३०० एम्पल, नुर्फिन) (३०० एम्पल र फेनारगन) (३०० एम्पल गरि जम्मा ९००) एम्पल लागू औषध बरामद भएको छ । उनलाई अहिले महानगरीय प्रहरी वृत्त, कालीमाटीमा राखेर अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७५, आइतबार  १० : ५७ बजे