मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेविसंघको १२ औं महाधिवेशन कार्तिक १६, १७ र १८ गते काठमाडौंमा गर्ने प्रस्ताब



काठमाडौं भदौ, २४–
नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले १२ औं महाधिवेशनको तयारीलाई तिव्र पारेको छ ।

हिँजोदेखि सुरु भएको कन्द्रीय समिति बैठकमा आईतबारबाट छलफल शुरु भएको छ । बैठकले १२ औं महाधिवेशन सम्पन्न गर्नका लागि आवश्यक तयारीको कामलाई तीव्रता तयारी शुरु भएको छ । महाधिवेशनका लागि आवश्यक आयोजक समिति गठन, विधान संशोधनलगायतको कामलाई सम्पन्न गर्न बैंठक केन्द्रित रहेको संघका केन्द्रिय सदस्य नबराज त्रीपाठिले जानकारी दिए ।

संघको अब बस्ने बैठकले विधान संशोधन गर्नेछ । त्यसैगरी महाधिवेशन गर्नका लागि कातिक ११ गतेसम्म देशका सबै तहबाट प्रतिनिधि चयन गरी सक्ने कार्यतालिका पनि बैठकमा पेश गरिएको संघका केन्द्रिय सदस्य त्रीपाठिले जानकारी दिए । नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन आगामी कार्तिक १६, १७ र १८ गते काठमाडौंमा प्रस्ताब गरिएको र महाधिवेशनका लागि प्रतिनिधि चयनको काम आगामी असोज ७ गतेबाट सुरु गर्ने प्रस्ताव पनि बैठकमा गरिएको संघका केन्द्रिय सदस्य नबराज त्रीपाठिले बताए ।

संघका अध्यक्ष महरको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति बनाउने प्रस्ताव पनि बैठकमा गरिएको छ । अध्यक्ष महरले प्रतिनिधि चयनको काम स्वच्छ ढंगले सम्पन्न गर्न मातहतका सबै समितिहरुलाई सचेत गराएका छन् । महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमितिहरु पनि गठन गरिने संघले जनाएको छ ।

नेपाल विद्यार्थी संघभित्र पनि संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल दुवै पक्षबीच आगामी महाधिवेशनको नेतृत्वलाई लिएर वाद, विवाद र प्रतिवाद पनि हुँदै आएका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७५, आइतबार  ११ : ३१ बजे