मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्मला पन्त हत्या प्रकरणः उच्चस्तरीय समितिका सदस्य केसीको राजिनामाबारे छानविन हुन्छ- गृहमन्त्री थापा



काभ्रे भदौ, २६–

गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तको हत्याबारे छानविन गर्न बनेको उच्चस्तरीय समितिका सदस्यले दिएको राजीनामाले आफूलाई गम्भीर बनाएको बताएका छन् । गृहमन्त्री रामबहादुर थापाले उच्चस्तरीय समितिका सदस्य वीरेन्द्र केसीलेले राजिनामा दिएको भोलिपल्ट यस्तो चासो व्यक्त गरेका हुन् । जिल्ला सहकारी संघ, काभ्रेको साधारणसभामा बोल्दै गृहमन्त्री थापाले राजिनामा किन आयो भन्ने विषयमा हामी छानविन गर्ने जानकारी गराए ।

सोमबार छानविन समितिका सदस्य वीरेन्द्र केसीले राजीनामाको घोषणा गरेका थिए । प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिवसमेत रहेका उनले समितिको म्याद थप भएकोमा असन्तुष्टि जनाएका छन् र घटनाका मुख्य अपराधीबाट आफूलाई असुरक्षा भएको दाबी गरेका छन् ।
जिल्ला सहकारी संघ, काभ्रेको साधारणसभामा सहभागी हुन आएका मन्त्री थापाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री हेरफेर नहुने बताएका हुन् । उनले भने, ‘प्रधानमन्त्रीले स्पष्ट पारिसक्नु भएको छ, कुनै निराधार हल्लाको पछाडि लाग्नुको अर्थ छैन । सरकारमा कुनै फरबदल हुँदैन ।’

प्रकाशित मिति : २६ भाद्र २०७५, मंगलबार  ६ : ४३ बजे