मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपाको सचिवालय बैठक आज बस्दै, समाधान होलान त बिबादित एजेण्डा ?



काठमाडौं भदौ, २७–

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । पार्टी एकता प्रक्रियामा तल्लो तहमा देखिएको विवादबारे छलफल गर्न बैठक बस्न लागेको नेकपाले जनाएको छ ।

बुधबार दिउँसो ३ बजेपछि बस्ने बैठकमा तल्लो तहका रिर्पोटहरुको अध्ययन गरेर छलफल हुने सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जनाकारी दिए ।

समसामयीक विषयमा नै छलफल तथा एकता प्रकृयामा देखिएका अप्ठ्याराहरुलाई समामधान गर्ने भन्ने नै मुख्य बिषय रहेको श्रेष्ठको भनाइ छ ।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार यसअघि ११ बजेलाई बोलाइएको बैठक प्रधानमन्त्रीको व्यवस्तताका कारण सारिएको हो ।

नेकपामा पार्टी एकताको लामो समय बितिसक्दा पनि जनबर्गीय र तल्ला कमिटिहरुको एकता प्रक्रिया टुङग्याउन सकस हुदै आएको छ । आजको बैठकले एकता प्रकृयामा स्पष्ट मापदण्ड बनाउन सक्ने नेताहरुको विश्वास छ ।

५ नम्बर प्रदेश लगायतका केही जिल्लाहरुमा तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकीकरणका क्रममा कार्यदलले सिफारिस गरेका नेतृत्वप्रति असन्तुष्टि छ ।

यो असन्तुष्टिमा खासगरी पूर्व एमालेको माधव नेपाल समुहले आफूलाई किनारा लगाएको भन्दै अध्यक्ष ओलीपक्षको चर्को आलोचना र विरोध गर्दै आएको छ ।

जसका कारण पूर्वनिर्धारित समयअनुसार भदौ पहिलो साताभित्रै भैसक्नुपर्ने जिल्ला कमिटिको एकीकरण हुन सकेको थिएन ।

तर, सचिवालय सदस्य श्रेष्ठले पार्टी एकता कार्यदलको सवै रिर्पोट अध्ययन भैनसकेकाले पार्टीमा कसको असन्तुष्टि छ या छैन भन्ने कुरा अहिले नै थाहा नभइसकेको प्रतिकृया दिए । पार्टीको आन्तरिक विषयबाहेक बुधबारको नेकपा सचिवालय बैठकमा वर्तमान सरकारले गरेका र गर्न लागेका कामकारबाहिका बारेमा समेत छलफल हुनसक्ने प्रधनमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७५, बुधबार  ५ : ५३ बजे