मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आसाममा ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प –पूर्वी नेपाल र बंगलादेशमा समेत धक्का महसुस



विराटनर भदौ, २७–

पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको धक्का महसुस गरिएपनि उक्त भूकम्प नेपालमा नभइ भारतमा गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले भारतमा गएको भूकम्पका कारण पूर्वी नेपालका जिल्लामा पनि धक्का महसुस भएको जनाएको छ ।

प्रारम्भिक रिपोर्ट अनुसार आसाममा ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको आएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यो भूकम्पको बंगलादेशका केही स्थानमा समेत धक्का महसुस भएको थियो ।

प्रकाशित मिति : २७ भाद्र २०७५, बुधबार  ६ : ०३ बजे