मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकामा पुलबाट हामफालेर २३ वर्षे नेपाली युवकले गरे आत्महत्या



काठमाडौँ ।

पछिल्लो समय अध्ययन र रोजगारी को क्रममा बिदेशियाका नेपालीहरु बिभिन्न समस्या मा फस्ने र आत्महत्या गर्ने क्रम बढीरहेको छ । एसै क्रममा अमेरिकाको क्यालिफोर्नियामा एक नेपाली युवकले आफै पुलबाट हाम फालेर आत्महत्या गरेका छन् । उनी क्यालिफोर्नियाको हल सान पाब्लो बस्दै आएका थिए ।उनि नवलपरासी रामग्राम वडा नम्बर २ का कृष्ण भट्टका २३ वर्षिय छोरा संचित भट्ट रहेको स्रोतले जनाएको छ ।

११ तारिखका दिन संचितले रातीको ९ बजे आँफैले कार चलाएर सान राफेलको पुलबाट हाम फालेर आत्महत्या गरेका हुन् । आत्महत्या गर्नु अघि संचितले लेखेको सुसाइट नोट प्रहरीले फेला पारेको छ ।संचितको सुसाइट नोटमा आँफुलाई जन्म दिएका बा आमालाई उनले धन्यवाद दिएका छन् भने आँफुले कसैका कारण आत्महत्या नगरेको र कसैको केही नबिगारेको भनि कारण समेत खुलाएका छन् ।

संचितले किन आत्महत्या गरेका हुन भन्ने कारण अहिलेसम्म खुल्न सकेको छैन । संचितको अन्त्यष्टी शुक्रबार क्यालिफोर्नियाको एल सोबरनेटमा गरिने बताइएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७५, बिहिबार  ५ : ३७ बजे