मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार राजु वस्नेतलाई तत्काल रिहा गर्न सरकारसंग नेपाली कांग्रेसको माग



पत्रकार राजु वस्नेतलाई तत्काल रिहा गर्न नेपाली कांग्रेसले सरकारसंग माग गरेको छ । कांग्रेस प्रबक्ता बिश्व प्रकाश शर्मा द्दारा जरी बिज्ञप्तिमा
कुनै समाचार या साभार गरिएको विषयवस्तुप्रति व्यक्ति, संस्था वा राज्य कसैको पनि विमति हुँदा त्यसलाई खण्डन गर्ने गराउने निश्चित विधि–प्रक्रिया आजको लोकतान्त्रिक प्रणालीले सुनिश्चित गरेको उल्लेख गर्दै केही समय यता राज्यसंयन्त्रनै मिडियाप्रति असहिष्णु ढंगले प्रस्तुत भइरहँदा त्यसले लोकतान्त्रिक सत्ता र संस्कृतिको होइन “अधिनायकवाद उन्मुख” प्रवृत्तिको श्रृंखलालाइ पुष्टि गर्दै गएको बताइएको छ ।

पत्रकार राजु वस्नेत माथिको आपत्तिजनक व्यवहारले सरकार को चरित्र उदाङो भएको र प्रेस माथी को हस्तक्षेप नेपाली कांग्रेसले स्विकार नगर्ने बिज्ञप्तिमा उल्लेख छ ।

द्वन्द्वकालमा यो या त्यो पक्षबाट पत्रकारहरु प्रताडित भएको घटनाको तितो स्मृति हामी सबै थरीको मानसपटलमा जिवित रहेको स्मरण गराउदै संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताको बारेमा सरकारको धारणा के हो ? सार्बजनिक गर्न कांग्रेसले सरकारसंग माग गरेको छ ।

भर्खरै जारी मुलुकी संहितामा रहेका कतिपय प्रेस स्वतन्त्रतालाई असर पुग्ने प्रावधानहरु संशोधन गर्ने प्रकृया अघि बढाई सिद्धान्त एवं व्यवहारत दुवै ढंगले स्वतन्त्र प्रेसको अक्षुणता कायम राख्ने दिशामा अग्रसरताका लागि अपिल गर्दछौं, बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७५, बिहिबार  ११ : ५९ बजे