मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्मला हत्या प्रकरण : एसपी विष्ट, छोरा किरण र मेयरका भतिजाको डिएनए परीक्षण, छिटै रिपोर्ट आउने



काठमाडौं ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको अनुसन्धानमा लापरबाही गरेको आरोपमा निलम्बनमा परेका एसपी डिल्ली विष्टसहित ३ जनाको डिएनए परीक्षणका लागि नमूना लिइएको छ ।

निलम्बित एसपी डिल्ली विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परीक्षणका लागि नमूना संकलन गरिएको प्रहरी प्रवक्ता शैलेश कुमार थापा क्षेत्रीले जानकारी दिए ।

उनले भने, ‘नमूना संकलन भइसकेको छ । संकलित नमूना ल्याबमा पठाउने तयारी छ । परीक्षणपछि रिपोर्ट जे आउँछ त्यही अनुसार कारबाही प्रक्रिया अघि बढ्नेछ ।’ शिक्षण अस्पताल महाराजगञ्जका विधिविज्ञान विज्ञ प्राध्यापक डा.हरिहर वस्तीले नमूना संकलन गरेका हुन् । त्यो नमुना उनले प्रहरीलाई बुझाएका छन् ।

केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले हत्या आरोपमा पक्राउ गर्न लगाएका दिलिप सिंह विष्टको डिएनए परीक्षण गर्दा निर्मलाको डिएनए फाइलसँग मिलेन । उनी भदौ २६ गते थुनामुक्त भएका छन् । यस्तै, निर्मला गृहकार्य गर्न गएको घरका बम दिदीबहिनी समेत दिलिपसँगै रिहा भएका छन् ।

यसअघि एसपी विष्टका छोरा र मेयरका भतिजा पक्राउ परेको कुरा समेत प्रहरीले लुकाएको थियो । उनीहरुलाई प्रहरीको मिलेमतोमा थुना बाहिरै राखेको बताईएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७५, बिहिबार  १२ : ४३ बजे