मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फुटबल को विश्वविजेता फ्रान्सका गोलकिपर हुगो लोरिसलाई २० महिनाको प्रतिबन्ध



२८ भदौ २०७५ काठमाडौँ :

रसिया विश्वकपको उपाधि जित्दा मुख्य भुमिका खेलेका गोलकिपर हुगो लोरिसलाई २० महिनाको प्रतिबन्ध लागेको छ । उनलाई ड्रिंक एण्ड ड्राइभमा दोषी ठहर गरिएको छ। जसका कारण उनलाई २० महिनाको प्रतिबन्धको सजाए तोकिएको छ ।

उनले अब २० महिनासम्म गाडी चलाउन नपाउने भएका छन भने ५० हजार पाउण्ड जरिवाना रकम समेत तिर्नु पर्ने छ। इंग्लिस क्लव टोटनह्यामका गोलकिपर लोरिस २४ तारिखको बिहान मादकपदार्थ सिमा भन्दा बढी खाएर गाडी चलाएको अवस्थामा पुलिसले पक्राउ गरेको थियो।

मेर्लिबोनमा समातिएका लोरिसलाई वेष्टमिनिस्टरको अदालतले २० महिनासम्म गाडी चलाउन नपाउने गरि प्रतिबन्धको सजाय सुनाएको हो।

लोरिसले ४८ किलोमिटर प्रतिघण्टा गाडी कुदाउनुपर्ने सडकमा २४ किलोमिटर प्रतिघण्टाको गतिमा मात्र गाडी कुदाईरहेको देखेपछि पुलिसले उनलाई समातेको थियो। पहिलो चेकजाँचमै उनीले मादकपदार्थ खाएको पुष्टि भएपछि अदालतमा केस भएको थियो।

प्रकाशित मिति : २८ भाद्र २०७५, बिहिबार  १ : १५ बजे