मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पार्टीले आफ्नो काममा अनावश्यक दबाव दियो : वीरगञ्जका मेयर विजय सरावगी , राजिनामा दिन सक्ने सङ्केत



काठमाडाैँ –

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले आफ्नो पार्टी संघीय समाजवादी फोरमबाट महानगरपालिकाको काममा अनावश्यक दबाब आउन थालेपछी असन्तुष्टि जनाएका छन् ।

पार्टीबाट अनावश्यक दबाब आएको भन्दै उनले राजीनामा दिएको कुरा विभिन्न सञ्चार माध्यमहरुले खबर प्रकाशन गरेका छन् । तर उनले आफूले राजीनामा दिएको नभएर केही कुराहरुमा असन्तुष्टि मात्रै व्यक्त गरेको बताएका छन् ।

‘पार्टीले महानगरपालिकाको काममा अनावश्यक दबाब दिएपछि मैले असन्तुष्टि जनाएको कुरा सत्य हो तर राजीनामा दिएको भनेर सञ्चार माध्यमहरुमा आएको समाचार सत्य नभएको उन्ले बताएका छन ।

पार्टीले महानगरपालिकाको काममा अनावश्यक दबाव दिएको भन्दै उनले सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत पार्टी नेतृत्वलाई राजीनामा पत्र पठाएको कुरा सञ्चार माध्यमहरुमा आएको छ ।

सरावगी संघीय समाजवादी फोरमबाट वीरगञ्जको मेयर पदमा निर्वाचित भएका थिए । संघीय समाजवादी फोरमका नेताहरुले मेयर सरावगीले प्रभावकारी रुपमा काम गर्न नसकेको आरोप लगाउदै आएका छन् ।

बुधबार बसेको पार्टीको वीरगञ्ज नगर कमिटीको बैठकले ५ बुँदे ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । नगर समितिले ध्यानाकर्षणपत्र बुझाउन खोज्दा सरावगीले समय नभएको भन्दै बुझ्न नमानेपछि आन्तरिक विवाद चुलिएको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७५, शुक्रबार  ८ : ०८ बजे