मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ट्रायल पास गराइदिन्छु भनी रकम ठग्ने तीन जना पक्राउ



महानगरीय प्रहरीवृत्त थिमिले चालक अनुमतिपत्रको ट्रायल परीक्षामा उत्तीर्ण गराइदिन्छु भनी रकम माग गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा काभ्रे घर भई काठमाडौँ बौद्ध बस्ने २८ वर्षीय विकास लामा, काभ्रे तिमाल गाउँपालिका–९ घर भई काठमाडौँ गोठाटार बस्ने २१ वर्षीय विजय लामा र महोत्तरी बर्दिवास घर भई भक्तपुर राधेराधे बस्ने २० वर्षीय अनिल बानियाँलाई पक्राउ गरेको भक्तपुर प्रहरीले जनाएको छ ।

भक्तपुर मध्यपुरथिमि नगरपालिका–४ राधेराधेमा रहेको सजिलो ट्रायल सेन्टरमा ट्रायल सिक्न आएका व्यक्तिसँग ट्रायल पास गराइदिन्छु भन्दै रकम असुल्नेक्रममा पक्राउ परेको र पक्राउ परेका तीन जनालाई आजै जिल्ला अदालत भक्तपुरमा म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ

प्रकाशित मिति : २९ भाद्र २०७५, शुक्रबार  ३ : १२ बजे