मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डीआइजी धिरु बस्नेतको संयोजकत्वमा सरकारले बनायो शक्तिशाली छानबिन समिती -निर्मलालाई न्याय दिएरै छाड्ने तयारी



निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले अप्ठ्यारोमा परेको सरकारले यसअघि बनाएको अधिकार सम्पन्न उच्च स्तरको छानबिन समितिले सोचे जस्तो काम नगरेपछि नेपाल प्रहरीका डीआइजी धिरु बस्नेतको संयोजकत्वमा सरकारले अर्को शक्तिशाली छानबिन समिति बनाएको हो । हत्यारालाई कारवाहीको माग गर्दै अहिले देशभरी नै प्रदर्शन भइरहेको छ ।

सरकारले अहिले फेरी वास्तविक दोषीको पहिचान गरी कानुन अनुसार कारवाही गर्नको लागि अर्को छानबिन समिति गठन गरेको छ । सरकारले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिन गर्न अर्काे ‘शक्तिशाली’ समिति गठन गरेको जानकारी दिएको हो ।

नयाँ गठन भएको समितिले सुरूमा अनुसन्धानमा खटिएका प्रहरीको अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन बुझाउन भनिएको छ । प्रहरी हेडक्वाटरका प्रवक्ता एसएसपी शैलेश थापाले जानकारीका अनुसार यसअघि पनि उत्तम सुवेदीको संयोजकत्वमा समिति गठन गरिएको थियो ।

डीआइजी धिरु बस्नेत

नेपाल प्रहरीका डीआइजी धिरु बस्नेत प्रहरी अतिरिक्त महानिरीक्षक (एजआईजी) बढुवामा सिफारिस भएका प्रहरी अधिकारी हुन् । घटनाको अनुसन्धानका क्रममा ६ जना प्रहरी नै निलम्बनमा परेपछि अनुसन्धान प्रभावकारी बनाउन डीआईजी बस्नेतको नेतृत्वमा समिति गठन गरिएको नेपाल प्रहरील स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७५, आइतबार  १२ : ४९ बजे