मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फिलिपिन्समा ६४ जनाको ज्यान लिएको म्याङ्खुट आँधी हङकङ हुँदै चीन , चीनलाई पनि अत्यायो



१ असोज, काठमाडौं–

म्याङ्खुट नामक शक्तिशाली आँधीले चीनलाई पनि अत्याउन थालेको छ । फिलिपिन्समा कम्तीमा ६४ जनाको ज्यान लिइसकेको म्याङ्खुट आँधी हङकङ हुँदै चीन पुगेर अत्याउन थालेको हो ।
अहिलेसम्म २ जनाको मृत्यु भइसकेको चिनियाँ सरकारी मिडियाले जनाएको छ । आँधीले चीनको सबैभन्दा धेरै जनसंख्या भएको ग्वाङडुङ प्रान्तलाई प्रभावित पारेको छ ।

प्रतिघण्टा १६२ किलोमिटरको गतिमा चलेको आँधीले त्यहाँको जनजीवनलाई अस्तव्यस्त बनाइरहेको छ ।
उक्त आँधी जेङमेन शहर नजिकै चिनियाँ तटबाट प्रवेश गरेको संचारमाध्यमहरुले जनाएका छन् । आँधी प्रवेश गरेपछि ग्वाङडुङबाट हजारौं मानिसलाई हटाइएको छ ।

अधिकारीहरुले उच्च सतर्कता जारी गरेका छन् । मानिसहरुलाई घरभित्रै बस्न आग्रह गरिएको छ । आँधीसँगै भारी वर्षासमेत भएको छ ।
हवाइ सेवाहरु स्थगित भएका छन् । रेल रोकिएका छन् भने सडकमा सवारी चलेका छैनन् ।

यसअघि हङकङमा विध्वंस मच्याएको आँधीले एक सय ५० बढी मानिसलाई घाइते बनाएको थियो । ठूला ठूला भवन हल्लाएको थियो भने झ्यालका शीशाहरु फुटाएको थियो ।

प्रकाशित मिति : १ आश्विन २०७५, सोमबार  ४ : ४१ बजे