मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युवती फकाएर भारत बेच्न लैजाँदै गर्दा दुई युवक इलामबाट समातिए



युवतीलाई ‘विवाह गर्छु’ भनेर ललाइफकाइ बेच्न भारततर्फ लैजाँदै गर्दा २ जना युवक पकउ परेका छन् ।पाँचथरको फिदिम नपा–५ की १९ वर्षीय युवतीलाई भारततर्फ लैजाँदै गर्दा २ जना युवकलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

पक्राउ पर्नेमा भारत दार्जिलिङ जिल्लाको सुकिया बस्ने ४२ वर्षीय दलवीर मुखिया र सोही ठाउँका राङबाङ बस्ने २२ वर्षीइ आयुष बिक रहेका छन् ।उनीहरू इलामको पशुपतिनगर नाकाबाट समातिएका हुन् ।

प्रहरीले पक्राउ परेका दुवै जनालाई जिल्ला अदालतमा बुझाएको छ । उनीहरूलाई मानव बेचबिखनसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको बताइएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७५, सोमबार  ८ : ०३ बजे