मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमरेड प्रचन्ड बिदेशिको मेजमानमा, यता केपी ओली सधै तनाबै तनाबमा



काठमाडौं असोज, १–

२ महिना अघि बलात्कारपछि मारिएकी निर्मला पन्तका बाबुआमा अहिले न्यायमाग्दै काठमाडौं आइपुगेका छन् । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले सरकार अप्ठ्यारोमा परेको छ । हत्यारालाई कारवाहीको माग गर्दै अहिले देशभरी नै प्रदर्शन भइरहेको छ ।

एता नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने बिदेश भ्रमणमा ब्यस्त छन । प्रचण्डले भदौ २१ देखि भदौ २४ सम्म भारतमा राजनीतिक भ्रमण गरे । जानकारीमा आएअनुसार उनले भारतमा राजनीतिक भ्रमण गरेका हुन् । उनलाई भारतमा प्रधानमन्त्रीलाई दिने जत्तिकै सम्मान पनि दिइयो । कुनै बेला यिनै दाहाललाई घुमाउरो शैलीमा भारतीय खुफिया एजेन्सीले नै कटवाल नामक कप्टेरो प्रयोग गरेर फुटाइदिएको थियो । अहिले उनी फेरि भारत पुगे । अनि नेपालको सगरमाथाको हिउँ पगालेर स्प्रिङ वाटरको प्लान्ट लगाउने र उद्योग खोल्ने विषयमा भारतीय पक्षसँग छलफल गरेको भनेर हावादारी प्रचार गराए ।

प्रधानमन्त्री केपी ओलीले चीन र भारतको औपचारिक भ्रमण गरिसकेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विम्सटेक सम्मेलनका क्रममा नेपाल आएकै हुन् । त्यसअघि पनि जनकपुरदेखि मुक्तिनाथसम्मको यात्रा गरे । बेलाबेला कुटनीतिक सम्वाद पनि भइरहेको छ । भारतका लागि नेपाली राजदूतको पद खाली छ । मुख्य कुटनीतिक कामहरु पूरा गर्नु त कता हो कता बेमतलवका भ्रमणहरु भइरहेको टिप्पणी पनि भइरहेको छ । अझ रोचक त के छ भने भारत भ्रमणमा त्यहाँकी विदेशमन्त्री सुश्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, प्रधानमन्त्री नरेन्द्र मोदीसम्मलाई प्रचण्डले भेटे । यो कस्तो खालको भ्रमण हो भन्ने विषयमा सरकारले खासै प्रकाश पारेन । दुई मुलुकबीच सम्बन्ध प्रगाढ बनाउने भनेर यो तहको काम गरेको भनियो ।

राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी भन्छन्, ‘कुन हैसियत र के एजेन्डाका लागि उनी छिमेकी मुलुक दौडिरहेका छन् त्यसको जवाफ जनतालाई किन दिइदैन ? यो भ्रमणमा दूर्गन्धमात्रै आउँछ ।’

अहिले फेरि प्रचण्ड शनिबार चीन प्रस्थान गरे । सरकारले गर्नु पर्ने काम छायाँ सरकार सरह प्रचण्डले गर्न थालेका छन् । प्रचण्डको यो हर्कत कतै केपीलाई हुत्याएर आफै प्रधानमन्त्री बन्ने कसरत त होइन ? भन्ने आम चासो पनि छ । विश्लेषकहरुले यसखाले टिप्पणी पनि गर्न थालेका छन् । प्रचण्डको यस्तो दौडधुपको अर्को अर्थ के हो त ? यो प्रश्नको चित्तबुझ्दो जवाफ न प्रचण्डले दिएका छन् न नेकपाले । नत सरकारले नै ।

शासन व्यवस्थालाई चुस्त बनाउन, सुशासन कायम गर्नका लागि पहल हुनुपर्नेमा प्रचण्डको ध्यान विदेशी सन्तुलन तर्फ बढी गएको छ । मुलुक संघीयतामा गएको भनेर के गर्नु, २ महिना अघि बलात्कारपछि मारिएकी निर्मला पन्तका बाबुआमा अहिले न्यायमाग्दै काठमाडौं आइपुगेका छन् । निर्मला पन्तका बाबुआमा र न्यायप्रेमी जनताले न्याय माग्दा केपी ओली भने त्यसलाई सरकारविरुद्धको प्रदर्शनका रुपमा बुझिरहेका छन् ।
बालिकाको बलात्कापछि हत्या हुँदा पनि न्याय दिन नसक्ने लाछी सरकारको दम्भ धेरै उदेक लाग्दो देखिन थालेको छ ।

प्रकाशित मिति : १ आश्विन २०७५, सोमबार  ८ : २५ बजे