मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभ्रेको नमोवुद्धमा ३६४ वर्ष पुरानो मन्दिर स्थानिय युवाहरुको सकृयतामा पुनर्निर्माण सम्पन्न



प्रदिप सत्याल
काभ्रे असोज १ :

वि. सं. २०७२ सालको महाभूकम्पले क्षतिग्रस्त बनाएको ३६४ वर्ष पुरानो मथुरेश्वर मन्दिरको पुर्ननिर्माण सम्पन्न भएको छ। काभ्रेको नमोवुद्ध नगरपालिका वडा नम्वर १ का स्थानीय सत्याल युवाहरूको सक्रियतामा मन्दिर पुर्ननिर्माण सम्पन्न भएको हो।

२०७५ साल वैशाख महिनादेखि पुर्ननिर्माण सुरु भएको मथुरेश्वर मन्दिरको आउँदो असोज ७ गते उद्घाटन हुने मन्दिर पुर्ननिर्माण समितिका आर्थिक संयोजक प्रकाश सत्यालले जानकारी दिए।

मन्दिर उद्घाटनका दिन एक लाख दीप प्रज्वलन, तुला दान, बटुकहरूद्वारा लघुरुद्री पाठ, वेद पाठ सहितको पूजा गरी मन्दिर सुचारु गर्ने सत्यालले जानकारी दिए। मथुरेश्वर मन्दिर कौडिण्य गोत्रिय सत्याल थर धारी ब्राह्मणहरू पश्चिमबाट आएर भक्तपुरका राजाबाट कुश विर्ता दिएको स्थानमा वि.सं. १७११ मा स्थापना भएको शिलालेख समेत पाइएको छ।

पुरातात्वीक महत्वको रुपमा समेत रहेको मन्दिरको स्थानीय सत्यालहरू मिलेर विभिन्न श्रोतहरूबाट पुरातन शैली कायम राखी जिर्णोद्वार सम्पन्न भएको हो। मन्दिर जिर्णोद्धारका लागि ३० लाख लागत अनुमान गरिएकोमा नगरपालिका समेत गरी २० लाख रुपैयाँ संकलन भएको छ।

प्रकाशित मिति : १ आश्विन २०७५, सोमबार  ८ : ४० बजे