मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्मलाका हत्याराहरु तत्काल पक्राउ गर्न माग गर्दै कांग्रेस भातृ संगठन नेविसंघ सडक मा



काठमाडौं।

२ महिना अघि बलात्कारपछि मारिएकी निर्मला पन्तका बाबुआमा समेत अहिले न्याय माग्दै काठमाडौं आइपुगेका छन् । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले सरकार समेत अप्ठ्यारोमा परेको छ । हत्यारालाई कारवाहीको माग गर्दै अहिले देशभरी नै प्रदर्शन भइरहेको छ ।

यसै बिच भातृ बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई कारवाही माग गर्दै कांग्रेसको भातृ संगठन नेविसंघले राजधानिमा जुलुस सहित विरोध प्रदर्शन गरेको छ। जुलुस विश्व भाषा क्याम्पसबाट सुरु भएर प्रदर्शनी मार्ग हुँदै पुतली सड्क सम्म पुगेर सभामा टुङ्गिएको थियो । कोण सभालाई नेबि सघ अध्यक्ष नैनसिंह महर लगायत पदाधिकारीहरुले सम्बोधन गरेका थिए ।

नेविसंघको केन्द्रीय समितिले आयोजना गरेको जुलुसका सहभागिहरुले सरकारविरुद्ध चर्को नारा लगाएका थिए। निर्मलाका हत्याराहरु पक्राउ नपर्दासम्म आज बाट शुरु भएको प्रसर्शन नरोकिने नरोकिने संघका केन्द्रीय सदस्य नबराज त्रीपाठिले जानकारी दिए।

प्रकाशित मिति : १ आश्विन २०७५, सोमबार  ३ : ११ बजे