मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आगामी असोज ६ मा अमेरिका जाँदै प्रधानमन्त्री ओली



काठमाडौं असोज, २–

प्रधानमन्त्री केपी शर्मा ओली आगामी असोज ६ गते अमेरिका जाने भएका छन् । प्रधानमन्त्री ओली अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्री ओली २० जनाको उच्चस्तरीय टोलीको नेतृत्व गर्दै अमेरिका जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मूल नाराका साथ आजबाट ७३ औं महासभा आजबाट शुरु भएको छ । बैठकलार्इ विभिन्न देशका राष्ट्राध्यक्ष एवं प्रधानमन्त्रीले उच्चस्तरीय सम्बोधन गर्नेछन् । उच्चस्तरीय सम्बोधन ९ गतेबाट शुरू हुने भए पनि प्रधानमन्त्री ओलीको पालो भने असोज ११ गते छ ।

प्रकाशित मिति : २ आश्विन २०७५, मंगलबार  १० : ५४ बजे