मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसपी दुर्गा सिंहको नेतृत्वमा निर्मला पन्त हत्याको अनुसन्धान गर्न अर्को टोली खटियो



काठमाडौं असोज, २
यस घटना ले प्रहरी र सिङ्गो देशकै बेइज्जत भइ सक्दा पनि अपराधी पत्ता नलगाउदा प्रहरी र सरकारका प्रती जनाताको भरोसा घट्दै गैरहेको छ भने अब कतै देशमा न्याय मर्ने त हैन भन्ने प्रश्न उब्जिएको छ ।

–निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धान गर्न पटक पटक टोली खटाउदै आएको नेपाल प्रहरिले फेरी अर्को खटाएको छ । कञ्चनपुर १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा टोली खटाएको हो । महिला तथा बालिकासँग सम्बन्धित केश भएकाले अनुसन्धानलाई प्रभावकारी बनाउन सहज होस् भनेर महिला प्रहरीको छुट्टै टोली पनि पठाइएको उच्च प्रहरी स्रोतले जनाएको छ ।

पीडित, स्थानीय महिलाअधिकारकर्मी तथा अन्यसँग समन्वय गरी अनुसन्धानलाई प्रभावकारी बनाउका लागि प्रहरी उपरीक्षक एसपी सिंहको नेतृत्वमा टोली खटाएको प्रधान कार्यालयले जनाएको छ । गम्भिरतापूर्वक अनुसन्धान भइरहेकाले अब चाँडै यर्थाथ विवरण सार्वजनिक हुने प्रहरीले बताएको छ ।

२ महिना अघि बलात्कारपछि मारिएकी निर्मला पन्तका बाबुआमा समेत अहिले न्याय माग्दै काठमाडौं आइपुगेका छन् । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले सरकार समेत अप्ठ्यारोमा परेको छ । हत्यारालाई कारवाहीको माग गर्दै अहिले देशभरी नै प्रदर्शन भइरहेको छ ।

यस घटना ले प्रहरी र सिङ्गो देशकै बेइज्जत भइ सक्दा पनि अपराधी पत्ता नलगाउदा प्रहरी र सरकारका प्रती जनाताको भरोसा घट्दै गैरहेको छ भने अब कतै देशमा न्याय मर्ने त हैन भन्ने प्रश्न उब्जिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७५, मंगलबार  ११ : १९ बजे