मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लौहपुरुष गणेशमान सिंहको २१ औं स्मृति दिवस मंगलबार विविध कार्यक्रम गरी मनाइयो



काठमाडौं असोज, २–
लौहपुरुष गणेशमान सिंहको २१ औं स्मृति दिवस मंगलबार विविध कार्यक्रम गरी मनाइएको छ । प्रजातन्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर समेत रहेका सिंहको जन्म १९७२ सालमा तथा निधन २०५४ साल असोज २ गते भएको थियो । उनको स्मृतिमा नेपाली काङ्रेस र गणेशमान सिंह फाउन्डेसनले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

नेपाली कांग्रेस स्थापनाका खम्बा गणेशमानमा पदप्रतिको मोह कम भएकै कारण उनी लौह पुरुष कहलिएका छन् । १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने राजनीतिमा आफूलाई होमेका सिंह भद्रगोल जेल फोडेर भागेका थिए ।

बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित हुनासाथ अन्य केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका रहेको छ।

२००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए।

पहिलो जननिर्वाचित सरकारमा २०१५ सालमा वरिष्ठ मन्त्री रहेका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर काराबास भोगेका थिए । २०३३ सालमा बीपीसँगै राष्टि«य मेलमिलापको नारा लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती ब्यबस्थाको बिरोधमा सक्रिय रहेका गणेशमानले २०३६ सालको बिद्यार्थी आन्दोलन र जनमत संग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

बीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलन आरम्भ गरेका थिए ।

२०४६ सालको ऐतिहासिक जनआन्दोलनको नेतृत्व गरेर बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना र २०४७ को संविधान निर्माणपछि उनले सरकारको नेतृत्व गर्ने नेताहरुलाई आर्थिक क्रान्तिमा लाग्न बारम्बार घच्घचाएका थिए ।

प्रकाशित मिति : २ आश्विन २०७५, मंगलबार  ११ : ३१ बजे