मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा २१ वर्षीय युवतीमाथि सामूहिक बलात्कार , तीन जना परे प्रहरिको खोरमा



काठमाडौं असोज, २–

कलंकीमा २१ वर्षीय युवती सामूहिक बलात्कारको शिकार भएकी छिन् । उनीमाथि बलात्कार गरेको आरोपमा ३ जनालाई पक्राउ गरिएको छ ।

कालिमाटीस्थित महिला तथा बालबालिका सेलले बलात्कार आरोपमा नुवाकोट रालुकादेवी गाउँपालिका–९ घर भइ कलंकी बस्दै आएका ३९ वर्षीय अर्जुन लामा, काठमाडौं नागार्जुन नगरपालिका–८, मजुवा बस्दै आएका ३३ वर्षीय सूर्य राना र भिमढुङ्गा नर्सरीमा होटल सञ्चालक ४० वर्षीय रामकृष्ण नगरकोटीलार्इ पक्राउ गरेको हो ।

नागार्जुन नगरपालिका–७, हसनटारकी ती युवतीलाई नगरकोटीको होटलमा लगेर सामूहिक बलात्कार गरेकोे जनाइएको छ ।

उनी सोमबार स्यूचाटारबाट बेपत्ता भएको उजुरी परेपछि प्रहरीले खोजतलास गरेको थियो । त्यसक्रममा उनलाई होटलबाट उद्दार गरिएको थियो । उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७५, मंगलबार  १२ : ०६ बजे