मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रध्यानाध्यापकले कुटेर फुटाइदिए आफ्नै विद्यार्थीको कान



चितवन ।

नवलपुरको बुलिङ्टार९६ अत्रौलीस्थित शिव माध्यामिक विद्यालयका प्रध्यानाध्यापकले कुटेर विद्यार्थीको कान नै फुटाइदिएका छन् । विद्यालयमा १५ मिनेट ढिला आएको भन्दै प्रध्यानाध्यापक ओमकुमार श्रेष्ठले कक्षा १० मा अध्ययनरत खुमान सार्की नेपालीलाई कुटेर कान फुटाइदिएका हुन् । घाइते खुमानको कानबाट रगत बगिरहेको र कानभित्र भएको क्षतीका बारेमा चेकजाँच भैरहेको बताइएको छ ।

घाइते विद्यार्थी खुमानको पुरानो मेडिकल कलेज भरतपुर उपचार भैरहेको छ । विद्यालय प्रधानाध्यापक श्रेष्ठले पनि विद्यार्थीहरु नियमित रुपमा ढिला आउन थालेपछि कुटेको स्वीकार गरेको बताइएको छ । शिक्षकविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपुरमा किटानी जाहेरी दिने तयारी भएको बताइएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७५, बुधबार  १० : ०० बजे