मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ठेक्का मिलाई दिंदा जग्गा उपहार



४ असोज, काठमाडौं–

अबकाश भएलगत्तै भ्रष्टाचारका नालीबेलीहरु सार्वजनिक भएका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीको अर्को काण्ड सार्वजनिक भएको छ । क्षेत्रीले ठेकेदार यादव कुँवरलाई शशिभवनको ठेक्का मिलाई दिएबापत उनले करोडौं मूल्य बराबरको जग्गा हाता पारेको खुलेको छ ।

ठेकेदार कुँवरले हैटौंडा उपमहानगरपालिका वडा नम्बर–११ स्थित शहिद स्मारक गेट अगाडि रहेको ४ कठ्ठा ५ धुर जग्गा पुरन राणाबाट खरिद गरेर आफन्तको नाममा राखेका थिए । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

सोही जग्गा कुँवरले क्षेत्रीकी श्रीमती रिता क्षेत्रीको नाममा पास गरिदिएका हुन् । उपहारमा मिलेको उक्त जग्गाको कित्ता नम्बर २३८५ हो । जुन जग्गाको अहिले बजार मुल्य करोडौं पर्छ भने सोही जग्गामा ४ करोड बढिको लगानीमा क्षेत्रीका पुत्र अभिषेकले विशाल महल खडा गरेका छन् ।

शशिभवन निर्माण गर्दा करोडौं भ्रष्टाचार भएको, सेनाको नेतृत्व भ्रष्ट तथा अपारदर्शि भएको भन्दै सांसद महेश बस्नेतले संसदमा कुरा उठाएका थिए । स्रोत भन्छ–‘कुँवरले पूर्वप्रधानसेनापति क्षेत्रीलाई थुप्रै जग्गा जमिन कमिशनबापत उपहार दिएका छन् । खोजी गरेको खण्डमा धेरै स्थानमा क्षेत्रीको सम्पत्ति भेटिने निश्चित छ ।’

त्यसो त, यादव कुँवरकै पहलमा मुद्दा पर्दापर्दै पनि इनर्जी विस्कुटको ठेक्का चौधरी समूहले पाएको थियो । विगत लामो समयदेखि इनर्जी विस्कुटमा एकाधिकार जमाएका विनोद चौधरी, उनको कम्पनी र नेपाली सेनालाई विपक्षी बनाउँदै ठेक्का रद्द गर्न डन काजी शेर्पा अदालतको शरणमा पुगेका थिए ।

तर, डन शेर्पालाई ब्याक गराउँदै उक्त ठेक्का चौधरीलाई नै दिइएको थियो । उक्त ठेक्का विवाद प्रकरणमा कुँवरले विशेष भूमिका खेलेर डन काजीलाई मिलाएका थिए । सो ठेक्का मिलाई दिएबापत आउने कमिशनबापतको रकम समेत चौधरीले कुँवरमार्फत क्षेत्रीलाई पठाएका थिए ।

सैनिक मुख्यालय स्रोतका अनुसार चौधरीलाई इनर्जी विस्कुट र कुँवरलाई शशिभवनको ठेक्का मिलाई दिएबापत कुँवरले मकवानपुर नवलपुर शहिद स्मारक अगाडिको उक्त जग्गा उपहार स्वरुप क्षेत्रीलाई दिएका हुन् ।

कुँवर र क्षेत्री नाताले मामा भाञ्जा पर्छन् । कुँवरमार्फत नै क्षेत्रीले मिटरब्याजमा पैसा लगानी गर्ने गरेका थिए । उता पूर्वप्रधानसेनापति क्षेत्रीले मानसिक तनाब दिएकै कारण ठेकेदार नगेन्द्र श्रेष्ठले झण्डै आत्महत्या गर्नुपर्ने परेको थियो ।

सेनामा राशन सप्लाई गर्ने ठेकेदार श्रेष्ठको महिनौं भुक्तानी रोकिदिने, राशन सप्लाई गर्न जाँदा नलिने, मुद्दा हाल्ने, बैंकसँग मिलेर उनको मुख्य–मुख्य स्थानमा रहेको जग्गा हड्प्न खोज्नेलगायतको काम भएको थियो । भुक्तानी रोकिएको विषयमा मुद्दा अहिले पनि अदालतमा चलिरहेको छ ।

त्यस्तै मकवानपुर–४ हेटौडास्थित हेटौडामा पनि क्षेत्रीले करोडौंको जग्गा किनेका छन् । उक्त जग्गा क्षेत्रीले श्रीमती रिता क्षेत्रीको नाममा राखेका छन् । स्रोतका अनुसार क्षेत्रीले ४ कठ्ठा ७ धुर जग्गा १२ करोड २५ लाख रुपैयाँ खरिद गरेका थिए ।

मालपोतमा भने करिब ३ करोड रुपैयाँ बराबरको मात्र राजश्व तिरेको मालपोत स्रोतले बतायो । त्यस्तै, काठमाडौंको नक्साल भाटभाटेनीसँगै रहेको प्रयोग राणा जर्नेलको घर समेत उनले खरिद गरेको स्रोत बताउँछ

 

प्रकाशित मिति : ४ आश्विन २०७५, बिहिबार  ५ : ५२ बजे