मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

६ महिने बालक लाई एसिड खन्याएर हत्या



अछामको तुर्माखाँद गाउँपालिका ४ मा ६ महिने बालकको एसिड खन्याएर हत्या गरिएको छ । स्थानीय गंगा बयक र महाबीर बयकका नाबालक छोरा मुस्कानको उनकै काकी जानकी बयकले हत्या गरेको आरोप लगाइएको छ ।

गत मंगलबार बिहान ११ बजेतिर मृतककी आमा भैँसीलाई पानी खुवाउन गएको र फर्किँदा बच्चा बेस्सरी कराएको सुनी हेर्दा उनको आँखा, कान, मुख सबैतिर फोका आएकाले तत्काल स्वास्थ्य चौकी र सोही दिन जिल्ला अस्पताल मङ्गलसेन पुर्‍याइएको थियो ।

मङ्गलसेनमा उपचार सम्भव नभएपछि कोहलपुर मेडिकल कलेज लैजाँदै गर्दा बुधबार बालकको मृत्यु भएको अछाम प्रहरीले जनाएको छ । मृतक बालकका बुबा महावीरले आफ्नै भाइबुहारी जानकीविरुद्ध तेजाब खन्याई कर्तव्य ज्यान गरेको भनी जाहेरी परेको थियो ।

जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि निजलाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७५, बिहिबार  ९ : ५२ बजे