मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिके राउतलाई कार्बाही गर्न साम्सदहरुको जोडदार माग



काठमाडौं ।

सांसदहरूले मुलुक विखन्डनको आवाज उठाउनेहरूलाई कारबाही गर्न माग गरेका छन् । प्रतिनिधिसभाको  बैठकमा बोल्दै सांसदले संविधानप्रति असन्तुष्टि जनाउने नाममा प्रदेश नम्बर–२ मा मुलुक विखन्डनको कुरा उठेको भन्दै कारबाहीको माग गरेका हुन् । आज बोल्ने अधिकाङ्श साम्सदहरुले सिके राउतलाई कार्बाही गर्न नसके मुलुकमा सरकार हुनुको औचित्य नहुने भ न्दै सरकारको कडा  अलोचना गरेका हुन ।

सांसदहरूले प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि हतारमा रुख नकाट्न पनि सचेत गराएका छन् । कन्चनपुरका १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेकामा पनि सांसदहरूले सरकारको आलोचना गरेका छन् । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिनसमेत बैठकमा माग गरिएको छ ।

यसैबीच संघीय संसदको संयुक्त समितिहरूको सभापति चयनका लागि यही असोज ७ गते निर्वाचन हुने भएको छ । राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्याङकन अनुगमन समिति र संसदीय सुनुवाइ समितिको नेतृत्व चयनका लागि असोज ७ गतेको मिति तोकिएको हो ।

प्रकाशित मिति : ५ आश्विन २०७५, शुक्रबार  ८ : २१ बजे