काठमाडौँ ।
केहि दिनदेखी आन्दोलनरत सवारी चालकले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । आन्दोलनरत पक्ष र सरकारसँग सहमती भएपछि उनिहरुले आन्दोलन फिर्ता लिएका हुन् । गत भदौ १ गतेबाट लागू भएको नयाँ ऐन संशोधनको माग गर्दै चालकहरु आन्दोलित भएका थिए ।
कानुन संशोधनका लागि पहल गर्ने, गाडी दुर्घटना भएमा चालकको लापरवाही रहे नरहेको छानबिन गर्न समिति गठन गर्ने लगायतका सहमति भएको हो । सहमति पछि सरकारले आन्दोलनका क्रममा पक्राउ परेका सबै चालकलाई रिहा गरेको छ ।
चालकहरुले पनि गाडी चलाउन थालेका छन् । यसअघि चालकहरुले गाडी नचलाउँदा लामो दूरीका यात्रुलाई समस्या परेको थियो । समस्यामा परेका यात्रुहरु अब गनतव्य तर्फ लाग्न थालेका छन् । सवारी चालकले आन्दोलन फिर्ता लिएसँगै अब पेट्रोलिय पदार्थको अभाव पनि हट्ने उपभोत्ताहरुले अपेक्षा गरेका छन् ।
सरकार र नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिबीच ८ बुँदे सहमति भएपछि चालकहरुले आजैदेखि गाडी चलाउन थालेका हुन् । दुर्घटनामा मानवीय क्षति भए चालकलाई कडा कारबाही हुने व्यवस्था भएको भन्दै त्यो व्यवस्था संशोधनको माग राखी चालकहरु आन्दोलनमा उत्रिएका थिए ।