मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘विप्लव’ को नेपाल कम्युनिस्ट पार्टीद्वारा भोली आइतबार उपत्यका बन्दको आह्वान



काठमाडौं असोज, ६–

‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले असोज आइतबार उपत्यका बन्दको आह्वान गरेको छ ।

नेकपाले खड्गबहादुर विश्वकर्मासहितका नेता तथा कार्यकर्ताको रिहाइ माग गरेर नेकपाले आइतबार उपत्यका बन्दको आह्वान गरेको हो ।

उपत्यका विशेष व्युरोद्वारा आह्वान गरिएको उपत्यका बन्दको विरोध हुन थालेको छ ।

नेकपा उपत्यका विशेष ब्युरोका इन्चार्ज प्रज्वालले शुक्रबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै प्रवक्ता प्रकाण्डलगायत नेताहरूलाई पटक–पटक गिरफ्तारी गर्ने र जिल्ला घुमाउने कामको विरोध गरेका छन् ।

प्रहरीले प्रवक्ता प्रकाण्डसहितका नेताहरूलाई अवैध रुपमा करोडौँ रुपियाँ चन्दा उठाउनुका साथै हत्या, अपहरण, बम विस्फोटको अभियोगमा पक्राउ गरेर मुद्धा चलाएको छ ।

 

प्रकाशित मिति : ६ आश्विन २०७५, शनिबार  ९ : १९ बजे