मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आइतबारको राष्ट्रियसभा बैठकमा सांसदहरुको आक्रोश् , चाड्बाडको मुखमा भाडा बढाउने सरकार “जन बिरोधि” सरकार हो



काठमाडौं

असोज , ७

काठमाडौं । राष्ट्रियसभाको आइतबारको बैठकको विशेष समयमा सांसदले चाडबाडका बेला सवारी साधनको भाडा नबढाउन , सवारी साधन व्यवस्थित गर्न, खाद्यान्नको मूल्यवृद्धि र कृत्रिम अभाव नियन्त्रण गर्न र स्रष्टाको संरक्षण गर्न माग गरेका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले दशैंको मुखमा सार्वजनिक यातायातको भाडावृद्धिको निर्णयिवरुद्ध सांसद कोमल वली खनिएकी छिन् । वलीले अनुमान र हचुवाका भरमा दशैँको मुखमा सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाउन नहुनेमा जोड दिँदै सरकारले गठन गरेको समितिले वैज्ञानिक भाडादर लागू गराउनुपर्ने माग गरिन् ।

व्यवसायीले अग्रिम टिकट बुकिङ नै रोकेका कारण सरकारले १० प्रतिशतले भाडावृद्धि गरेको हो । पेट्रोलियमको मूल्य बृद्धि भएपछि व्यवसायीले शनिबारबाट अग्रिम टिकट नखोल्ने निर्णय गरेपछि सरकार दबाबमा परेको थियो ।

साथै सांसद खिमलाल भट्टराईले दशैँको मुखमा देशभर यातायात सेवा अवरुद्ध हुन थालेकाले नियमित सञ्चालनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराए । चाडबाडको मौका छोपी तरकारीलगायत खाद्य सामग्रीको मूल्य वृद्धि र अभाव देखिएकाले शीघ्र समस्या समाधान गर्न उनले सुझाव दिए ।

सांसद राधेश्याम अधिकारीले सत्ता पक्षका नेताका केही दिनअघि ‘अदालतले सरकारलाई सहयोग गर्नुपर्‍यो’ भनी सञ्चारमाध्यममा आएको समाचारले न्यायपालिकालाई सत्तारुढ दलको शाखा बनाउन खोजिएको आफूले पाएको विचार राखे।  महाअभियोगका नाममा यसअघि नेपाली कांग्रेसले गरेको गल्ती नदोहोर्‍याउन उनले सरकारको ध्यानाकर्षण गराए ।

 सांसद प्रमिलाकुमारीले सरकारले सङ्घीय समाजवादी फोरमसँग गरेको सम्झौता कार्यान्वयन गर्न माग गरिन्।  सांसद वृषेशचन्द्र लालले जनकपुर विमानस्थल स्तरोन्नति गर्नुपर्ने औँल्याए । सांसद रामनारायण बिंडारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई प्रदेश सरकारका मन्त्रीले नै विरोध गरेकामा आपत्ति जनाए ।

सांसद शेरबहादुर कुँवरले माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण सङ्घीय सरकारले प्रदेश र स्थानीय सरकारको सहयोगमा गर्नुपर्ने बताउँदै त्यसका लागि जनता ५० प्रतिशत शेयर राख्न तयार छन् भने ।

सांसद ठगेन्द्रप्रकाश पुरी, नन्दा चपाईँ, खेमराज नेपाली, रामप्रीत पासवानलगायतले स्रष्टाको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए । राष्ट्रियसभाको अर्को बैठक यही असोज ९ गते अपराह्न ३ बजे बस्नेछ । रासस

को विशेष समयमा सांसदले चाडबाडका बेला सवारी साधनको भाडा नबढाउन , सवारी साधन व्यवस्थित गर्न, खाद्यान्नको मूल्यवृद्धि र कृत्रिम अभाव नियन्त्रण गर्न र स्रष्टाको संरक्षण गर्न माग गरेका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले दशैंको मुखमा सार्वजनिक यातायातको भाडावृद्धिको निर्णयिवरुद्ध सांसद कोमल वली खनिएकी छिन् । वलीले अनुमान र हचुवाका भरमा दशैँको मुखमा सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाउन नहुनेमा जोड दिँदै सरकारले गठन गरेको समितिले वैज्ञानिक भाडादर लागू गराउनुपर्ने माग गरिन् ।

व्यवसायीले अग्रिम टिकट बुकिङ नै रोकेका कारण सरकारले १० प्रतिशतले भाडावृद्धि गरेको हो । पेट्रोलियमको मूल्य बृद्धि भएपछि व्यवसायीले शनिबारबाट अग्रिम टिकट नखोल्ने निर्णय गरेपछि सरकार दबाबमा परेको थियो ।

साथै सांसद खिमलाल भट्टराईले दशैँको मुखमा देशभर यातायात सेवा अवरुद्ध हुन थालेकाले नियमित सञ्चालनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराए । चाडबाडको मौका छोपी तरकारीलगायत खाद्य सामग्रीको मूल्य वृद्धि र अभाव देखिएकाले शीघ्र समस्या समाधान गर्न उनले सुझाव दिए ।

सांसद राधेश्याम अधिकारीले सत्ता पक्षका नेताका केही दिनअघि ‘अदालतले सरकारलाई सहयोग गर्नुपर्‍यो’ भनी सञ्चारमाध्यममा आएको समाचारले न्यायपालिकालाई सत्तारुढ दलको शाखा बनाउन खोजिएको आफूले पाएको विचार राखे।  महाअभियोगका नाममा यसअघि नेपाली कांग्रेसले गरेको गल्ती नदोहोर्‍याउन उनले सरकारको ध्यानाकर्षण गराए ।

 सांसद प्रमिलाकुमारीले सरकारले सङ्घीय समाजवादी फोरमसँग गरेको सम्झौता कार्यान्वयन गर्न माग गरिन्।  सांसद वृषेशचन्द्र लालले जनकपुर विमानस्थल स्तरोन्नति गर्नुपर्ने औँल्याए । सांसद रामनारायण बिंडारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई प्रदेश सरकारका मन्त्रीले नै विरोध गरेकामा आपत्ति जनाए ।

सांसद शेरबहादुर कुँवरले माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण सङ्घीय सरकारले प्रदेश र स्थानीय सरकारको सहयोगमा गर्नुपर्ने बताउँदै त्यसका लागि जनता ५० प्रतिशत शेयर राख्न तयार छन् भने ।

सांसद ठगेन्द्रप्रकाश पुरी, नन्दा चपाईँ, खेमराज नेपाली, रामप्रीत पासवानलगायतले स्रष्टाको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए । राष्ट्रियसभाको अर्को बैठक यही असोज ९ गते अपराह्न ३ बजे बस्नेछ । रासस

प्रकाशित मिति : ७ आश्विन २०७५, आइतबार  ९ : ४० बजे