मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतबाट नेपालतर्फ ल्याउदै गरेको करीव ७२ लाख भारतीय रुपैयाँसहित एकजना नेपाली पक्राउ



धनगढी-

 शसस्त्र प्रहरी बल कैलाली ३४ नम्बर गण तत्कालीन सीमा सुरक्षा कार्यालय कैलालीले अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउदै गरेको करीव ७२ लाख भारतीय रुपैयाँसहित एकजना नेपालीलाई पक्राउ गरेको छ।

कैलालीको भजनी नगरपालिका ३ नेपाल-भारत सीमा नजिकै रहेको कुसुमघाटबाट आलुको बोरामा लुकाईछिपाई ल्याउदै गरेको भारतीय रुपैयाँसहित लम्कीचुहा नगरपालिका १ का ३१ वर्षीय कृष्णराज जोशीलाई पक्राउ गरेको हो। उनलाई से. ४ प ६७६० नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय टिकापुरको जिम्मा लगाएको शसस्त्र प्रहरी बल कैलाली ३४ नम्बर गणले जान्कारी दिएको छ ।   उनको साथबाट ७१ लाख ७९ हजार ३ सय भारतीय रुपैयाँ अर्थात् नेपाली रुपैयाँ १ करोड १४ लाख ८ सय ८० रुपैयाँ सहित पक्राउ गरेको हाे।

भारतीय सहर दिल्लीमा केही दिन अगाडी मात्रै करोडौं रकम चोरी भएको थियो। रकम चोरी भएदेखि नै ती व्यापारीकोमा तीन जना नेपाली फरार रहेका कारण प्रहरीले फेला पारेको रकम तिनै भारतीय व्यापारीको हुन सक्ने श्रोतले बताएको छ। यद्यपी जोशीसंगै फेला पारेको रकम भने त्यति परिणाम नभएको श्रोतले जानकारी दिएको छ।

प्रकाशित मिति : ७ आश्विन २०७५, आइतबार  ११ : ५३ बजे