मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आइतबारदेखि खोल्ने भनेको अग्रिम टिकट बुकिङ् यातायात व्यवसायी महासंघको बैठकपछि मात्रै खुल्ने



काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छातामुनि रहेका सबै यातायात समितिले आइतबारदेखि खोल्ने भनेको अग्रिम टिकट बुकिङ् महासंघको बैठकपछि मात्रै खुल्ने भएको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण प्रसाद उपाध्यायका अनुसार  महासंघले शनिबार गरेको सहमति अनुसार आइतबारबाट अग्रिम टिकट बुकिङ खुल्नु पर्ने हो । तर, महासंघले सोमबार केन्द्रीय कार्यसम्पादन सचिवालयको बैठकपछि मात्रै आधिकारिक धारणा सार्वजनिक गर्ने भनेको छ । महासंघले यसका लागि सोमबार दिउँसो साढे १२ बजे बैठक बोलाएको छ । बैठकमो मूल एजेण्डा नै अग्रिम टिकट बुकिङ हुने महासंघले जनाएको छ ।

आइतबारबाट अग्रिम टिकट बुकिङ खुल्ल र अघाडी नै काटौला भनेर बसेका यात्रु भने अन्योलामा परेका छन भने सरकारले बढाएको भाडाले मार्कामा पर्ने देखिएका छन ।

प्रकाशित मिति : ७ आश्विन २०७५, आइतबार  १२ : ५१ बजे