अमेरिकाबाटै कोष्टारिका जादै प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यअमेरिकी देश कोष्टारिकाको औपचारिक भ्रमण गर्ने भएका छन्।

कोष्टारिकाका राष्ट्रपति कार्लोस् अल्भरादो क्वेस्दाको निमन्त्रणामा प्रधानमन्त्री ओली कोष्टारिका जान लागेका हुन्।  संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर ओली असोज १३ गते कोष्टारिका जाने छन्।

कोष्टारिका समेत  हेर्दै आएकोअमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली दूतावासले प्रधानमन्त्रीको कोष्टारिका औपचारिक भ्रमणको बारे जनाएको हो ।

कोष्टारिकामा  ओलीले युनिभर्सिटी अफ पिसमा सम्बोधन गर्नेछन्। प्रधानमन्त्रीलाई उक्त विश्वविद्यालयले सम्मान गर्ने कार्यक्रम पनि छ।

कोष्टारिकामा नेपालको राजदूतावास नभएकोले अमेरिकाको वासिङ्टन डिसीस्थित दूतावासले कोष्टारिका हेर्दै आएको छ।

प्रकाशित मिति : ८ आश्विन २०७५, सोमबार  ८ : ०१ बजे