मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका आवद्ध संयुक्त सेनाले गरेको हवाई कारबाहीमा हजारौं सर्वसाधारणको गयो ज्यान



दमास्कस-

सिरियामा गत चार वर्षयता इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूह विरुद्ध अमेरिकाआवद्ध संयुक्त सेनाले गरेको हवाई कारबाहीमा हजारौं सर्वसाधारणको ज्यान गएको यहाँको युद्धलाई निरीक्षण गरिरहेको एक मानव अधिकारवादी संस्थाले जनाएको छ । मानव अधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्समा अनुसार अमेरिकाआवद्ध हवाई कारबाहीमा गत चार वर्षयता १२ हजार सर्वसाधारणको ज्यान गएको छ । बेलायतआवद्ध यस मानव अधिकारवादी संस्थाका अनुसार मारिएकामा एकसय ६९ जना संयुक्त गठबन्धन र सिरियाली सेनासमेत रहेका छन् ।

अमेरिकाआवद्ध यस संयुक्त सेनाले सिरियाली आतङ्ककारी लक्षित गरेको आक्रमणमा परी यी सर्वसाधारणहरु मारिएका हुन् । आइएसको बलियो प्रभाव रहेको देशको पूर्वी भागमा तेलको धनी प्रान्त देइर अल जोउरमा जारी युद्धमा हाल अमेरिकाआवद्ध संयुक्त सेनालाई कुर्दिसआवद्ध ‘सिरियन डेमोक्र्याटिक फोर्सेस’को समर्थन रहेको छ । संयुक्त सेनाले गरेको कारबाहीमा बारम्बार सर्वसाधारणको ज्यान गएपछि सिरिया सरकारले संयुक्त गठबन्धनलाई सिरियाबाट आफ्नो कारबाही रोक्न राष्ट्रसङ्घ मार्फत आग्रह गर्दै आएको छ

प्रकाशित मिति : ८ आश्विन २०७५, सोमबार  १ : १३ बजे