मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रसुवाका तामाङ र घले तीन किलो सुन सहित काठमाडौंबाट पक्राउ



काठमाडौं असोज, ९–

अबैध ३ किलो सुनसहित २ जना पक्राउ परेका छन् । प्रहरीले गोसाईकुण्ड गाँउपालिकाका नर वहादुर घले र पेम्वा तामाङलाई पक्राउ गरेको हो ।

रसुवा केरुङ नाका हुदै काठमाडौं सुन तस्करी भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा टोखा रोडको साईवावा चोकबाट नियन्त्रणमा लिएको हो । प्रहरीले शंका लागेपछि निलो रङ्गको वा ७३ प ३४०२ पल्सर वाईकमा सवार घले र तामाङलाई चेकजाँच गर्दा निजहरुको शरीरबाट १२ टुक्रा सुन फेला परेको जनाएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि महानगरिय प्रहरी परिसरमा राखिएको छ ।

नर वहादुर घले र पेम्वा तामाङ दुवै जना जिल्ला रसुवामा घर वनाउने ठेक्कापट्टा गर्ने कार्य गर्दै आईरहेका छन् । निजहरुलाई १ किलो सुन पास गराए वापत ५० हजार रुपैयाँ लिने गरेको खुल्न आएको छ । उनिहरुले २ महिनामा दुईपल्ट गरी ३ किलो सुन काठमाडौं ल्याई सकेका छन् । उक्त सुन ९१ करोड ५० लाख विस हजार ६ सय उनान्सय वरावरको रहेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७५, मंगलबार  १२ : २६ बजे