बेइजिङ, चीन ।
ताइवानलाई हतियार आपूर्ति गर्ने अमेरिकी सहमतिप्रति चीनले कडा असन्तुष्टि जनाएको छ ।
अमेरिकाले ताइवानलाई तीन अर्ब ३० करोड अमेरिकी डलर बराबरको हतियार आपूर्ति गर्ने सहमतिको चीनले कडा विरोध गरेकोछ । चीनले अमेरिकी कदमप्रति कडा असन्तुष्टि जनाएको छ
राष्ट्रसङ्घको ताइवानलाई हतियार बेच्ने सहमतिले अन्तर्राष्ट्रिय कानून र सम्बन्धबारे आधारभूत सिद्धान्तलाई व्यापक उल्लङ्घन गरेको छ, चीनको विदेशमन्त्रालयले मङ्गलबार जनाएको छ ।
अमेरिका र ताइवानबीच हतियारसम्बन्धमा भएको सहमतिले चीन–अमेरिकाबीच भएका तीनवटा संयुक्त वक्तव्य सग बाझिएको चीनको विदेशमन्त्रालयले जनाएको छ ।