मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुँजीवादले गर्दा बलात्कार बढेको हो : गृहमन्त्री थापा



गृहमन्त्री रामबहादुर थापाले पुँजीवाद र मदिरा सेवनका कारण बलात्कारका घटना बढेको बताएका छन्।

बुधबार संसदको राज्य व्यवस्था समितिमा सबैभन्दा धेरै बलात्कार अमेरिकामा हुने भन्दै गृहमन्त्री थापाले पुँजीवादले महिलालाई नाफा कमाउने मालसामानका रूपमा प्रयोग गर्ने गरेकाले बलात्कार बढ्नुमा पुँजीवादको हात रहेको तर्क गरे। पछिल्लो समय देशभरि बढिरहेका बालिका बलात्कार र हत्याका घटनाबारे छलफल गर्न समितिले गृहमन्त्रीलाई डाकेको थियो।

गृहमन्त्री थापाले भने,‘बलात्कारको सामाजिक र आर्थिक कारण पनि हेर्नुपर्छ। सबैभन्दा धेरै बलात्कार अमेरिकामा हुन्छ। त्यो पुँजीवादले जन्माएको हो,’ ‘पुँजीवादले नाफा कमाउने मालको रूपमा महिलाको प्रयोग गर्छ। दिदीबहिनीलाई बस्तुका रूपमा प्रयोग गर्छ। महिलालाई यौनतृप्तिको साधन बनाउने काम पुँजीवादले गरेको हो।’

मदिरा लिमिटमा खाए औषधि हो बढी खाए विष हो।’भन्दै उनले मदिरा सेवन पनि बलात्कारको अर्को कारण भएको तर्क गरे। ‘मदिराजन्य सामग्रीबाट ४०/४५ अर्बको राजश्व उठ्छ तर अर्कातिर खर्बौं खर्च हुन्छ। मदिरा नियन्त्रण गर्न उद्योग मन्त्रालय पनि सकारात्मक छ, सरकारले तेता तर्फ पनि सोचिरहेको उन्ले बताए ।

प्रकाशित मिति : १० आश्विन २०७५, बुधबार  १० : ४९ बजे