मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश ७ को राजधानी धनगढी उपमहानगरबाट बाहिर लागिय आगो लगाउन पनि तयार छौ : मेयर नृप बडु



कैलाली ।

प्रदेश ७ को राजधानी धनगढी उपमहानगरबाट बाहिर लान खोजेपछि मेयरनै रिसाएका छन् । उपमहानगरका मेयर नृप वडले धनगढी क्षेत्र भन्दा बाहिर राजधानी लाने प्रयत्नभए मन्त्री र सांसद बस्ने क्वार्टरमा आगो लगाउने चेतावनी दिएका छन् ।

पत्रकारसँग कुरा गर्दै मेयर वडले धनगढी उपमहानगर भन्दा बाहिर प्रदेश राजधानी लगिए मन्त्री र सांसद बस्ने ठाउँमा आगजनी गरेर अघि बढ्ने चेतावनी दिए ।

उनले प्रदेश ७ का सांसद बिक्री भएको र भू–माफिया तथा वन माफिया एवं तस्करको पक्षमा लागेको आरोप लगाए ।
मेयर वडले धनगढीमा राजधानी बनाउनका लागि राज्यको अरबौँ रुपैयाँ खर्च भइसेकेको र धनगढी उपमहानगरपालिकाले गर्नु पर्ने व्यवस्थापनका लागि तयार रहेको समेत बताए ।

मंगलबार प्रदेशको नाम र राजधानी तोक्न गठित विशेष समितिको प्रतिवेदन प्रदेश सभाको बैठकमा पेश भएसँगै जनप्रतिनिधि र जनस्तरमा त्यसको आलोचना भएको हो । प्रतिवेदनमा प्रदेशको नाम सुदूरपश्चिम र राजधानी कैलालीकै अत्तरिया क्षेत्रमा पर्ने गोदावरी नगरपालिका–४ मा राख्न सिफारिस गरिएको छ । सांसद तारा तमाङ प्रदेशसभा बैठक प्रस्ताव पेश गरेसँगै स्थानीय आन्दोलित भएका छन् ।

प्रदेश ७ को राजधानी र नामाकरणका विषयमा असन्तुष्ट धनगढीबासीले वुधबार प्रदेशसभा भवन घेराउ गरेका छ । विहीबारदेखि अनिश्चितकालिन धनगढी बन्दको आह्वान समेत भएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७५, बुधबार  १२ : ५७ बजे